आज पाँच संसदीय समितिको बैठक बस्दै

  • बिहीबार २१ साउन २०८३ ०३:३६ AM
काठमाडौँ । आज पाँच संसदीय समितिको बैठक बस्दैछन् । जसअनुसार बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा उपसमितिहरूबाट प्रतिवेदन पेस र छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्नै महिला तथा सामाजिक मामिला समितिको बैठकमा मुस्लिम आयोगको कामकारबाही तथा प्रगति सम्बन्धमा आयोगका पदाधिकारीहरूसँग छलफल हुनेछ । दिउँसो १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा  राष्ट्रिय सेवा दल विधेयक, २०८३’ उपर सैद्धान्तिक छलफल, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र कारागार कार्यालयहरूको स्थलगत अनुगमन प्रतिवेदन पेस गर्ने सम्बन्धमा छलफल हुनेछ । बिहान १० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा ... The post आज पाँच संसदीय समितिको बैठक बस्दै appeared first on Kalika Khabar.