‘द्वन्द्व भड्काउने समूह पहिचान गर्नैपर्छ’

  • बिहीबार २१ साउन २०८३ १०:०१ AM
सिरहा : सुनसरीको घटनालाई लिएर सिरहाका विभिन्न ठाउँमा प्रदर्शन चर्कियो। गोलबजारमा त गोली नै चल्यो र एक जनाको ज्यान गयो। तर आन्दोलनको उद्गमस्थल मानिने लहानमा यसपटक ठूलो अप्रिय घटना भएन। केही ठाउँमा प्रहरी र आन्दोलनकारीबीच सामान्य झडप भए पनि कोही घाइते भएनन्। स्थानीयवासीले संयमता अपनाएकाले दुई समुदायबीचको सम्भावित मुठभेड टर्‍यो।अहिले हिन्दु–मुस्लिम द्वन्द्व शान्त देखिए पनि त्रास भने उस्तै छ। समस्याको दीर्घकालीन समाधानका लागि बेलैमा ठोस कदम चाल्नुपर्छ। जोखिमयुक्त क्षेत्रहरूमा जातीय, ध