काठमाडौं । पाकिस्तानको ब्रड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को अन्तिम बिदाइ बेलायतको लन्डनमा गरिने भएको छ। परिवार लन्डनमा बसोबास गर्दै आएकाले धार्मिक परम्पराअनुसार उतै अन्त्येष्टि गरिने तयारी भइरहेको परिवारले जनाएको छ। पुर्जाका दाजु कमलबहादुर पुर्जाका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि मात्रै अन्त्येष्टिको मिति तय गरिनेछ। साउन १४ गते