काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा डिजिटल बनाउने भएको छ । पार्टीको ‘मिसन पार्टी जागरण’ अभियानअन्तर्गत बुधबार राजधानी प्रदेश कमिटीले पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको सदस्यतासम्बन्धी कार्यशालामा उक्त योजना सार्वजनिक गरिएको हो । पार्टी र जनताबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा संगठनलाई तल्लो तहसम्म प्रभावकारी र गतिशील बनाउने उद्देश्यले सदस्यता