काठमाडौं : नेपाली कांग्रेस विभाजनको डिलमा पुगेका बेला पार्टी सभापति गगन थापाले संस्थापन इतर पक्षका शीर्ष नेताहरूसँग निर्णायक संवादको तयारी थालेका छन्। अर्कातर्फ, संस्थापन इतर पक्षले भने राष्ट्रिय भेलाको तयारीलाई तीव्र बनाउँदै समानान्तर रूपमा एकताका लागि दबाब कायम राखेको छ। यसले कांग्रेसभित्र अहिले संवाद र विभाजनको तयारी दुवै एकसाथ अघि बढिरहेको चित्र देखाएको छ।सभापति थापाले कार्यदलमार्फत समाधान खोज्ने प्रयास प्रभावकारी नभएको निष्कर्ष निकाल्दै अब प्रत्यक्ष रूपमा डा. शेखर कोइराला र निवर्तमान उ