गोरखा : अविरल बर्षापछि झरेको पहिरोले गोरखाको एक पेट्रोलपम्प पहिरोले क्षतिग्रस्त भएको छ । गोरखा नगरपालिका वडा नं. ११ बाह्रकिलोस्थित गोरखकाली फ्यूल सेण्टर बिहीबार बिहान पहिरोले क्षतिग्रस्त भएको हो ।राती १२ बजेदेखि अलिअलि गरेर झर्न थालेको पहिरोले बिहान साढे ६ बजेतिर पेट्रोलपम्पको धेरै संरचना पुरिएको पम्पका सञ्चालक भोला मरहट्टाले जानकारी दिए । ‘कर्मचारीहरुले त्यहाँ पहिरो जान थालेको भनेर राती १२ बजे नै खबर गरेका थिए । बिहान ५ बजेतिर म पनि त्यहाँ पुगेँ’, मरहट्टाले भने, ‘हेर्दाह