काठमाण्डु– भारतमा निर्वासन जीवन बिताइरहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्किने घोषणा गरेकी छन्। उनले स्वदेश फर्केर जनताको साथमा उभिने र उनीहरूको जीवन सुधारका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी हुन्। अगस्ट २०२४ मा सत्ताच्युत भएपछि भारतमा बस्दै आएकी हसिनाले बुधबार आयोजित पत्रकार सम्मेलनमा अडियो लिंकमार्फत सम्बोधन गर्दै डिसेम्बरमा बंगलादेश फर्कने योजना रहेको