रौतहट । रौतहटको गुजरा नगरपालिका–३ धनसार पुल नजिक पूर्व–पश्चिम राजमार्गमा पेट्रोल बोकेको ट्याङ्कर पल्टिएपछि आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको छ। घटनामा मानवीय क्षति भने भएको छैन। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आज बिहान करिब ५:३० बजे बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल ट्याङ्कर सडकमा आएको मृगलाई बचाउने क्रममा