काठमाडौं । नेपाल राष्ट्र बैंकले खुला बजार कारोबारलाई थप सहज, पारदर्शी र प्रविधिमैत्री बनाउन ‘खुला बजार कारोबारसम्बन्धी कार्यविधि, २०७८ (नवौँ संशोधन, २०८३)’ लागू गरेको छ । नयाँ व्यवस्थाले मौद्रिक उपकरणको प्रयोग, बोलकबोल प्रक्रिया, धितोपत्र व्यवस्थापन, भुक्तानी प्रणाली र अनलाइन सहभागितासम्बन्धी नियमलाई स्पष्ट बनाएको छ । राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयनका लागि खुला बजार कारोबारलाई प्रमुख