भारततर्फ लैजान लुकाइराखिएको ९६ किलो गाँजासहित दुई पक्राउ
बिहीबार २१ साउन २०८३ ०१:१४ AM
विराटनगर : मोरङको धनपालथान गाउँपालिकाबाट भारततर्फ तस्करी गर्न तयारी अवस्थामा लुकाइराखिएको करिब ९६ किलो गाँजा प्रहरीले बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। नेपालबाट भारततर्फ गाँजा