ग्यास आपूर्ति कम भएको हो ?

  • बिहीबार २१ साउन २०८३ ०८:०१ AM
आधा सिलिन्डर ग्यास दिँदा बजारमा खासै समस्या थिएन, तर अहिले ‘भरी सिलिन्डर ग्यास पाइने’ भन्नेबित्तिकै ग्यास पसलहरूमा लामो लाइन देखिन्छ। यस्तो किन भइरहेको छ, नागरिकलाई थाहा छैन। ग्यास आपूर्तिमै कमी आएको हो कि व्यापारीले चलखेल गरेका हुन् ? सम्बन्धित निकायले तत्काल अनुगमन गरी सत्यतथ्य जनतालाई जानकारी गराउनुपर्‍यो। आधा सिलिन्डर ग्यास वितरण गर्दा तौल धेरै कम आउने गरेको गुनासो थियो। कम्तीमा अहिले पूरा सिलिन्डर पाइने भयो भनेर नागरिक खुसी भएका थिए। तर, बिडम्बना ! अहिले ग्यास नै पाइँदै