हर्मुज सञ्चालनका लागि इरान र ओमानबीच सहमति, कच्चा तेलको मूल्य घट्यो

  • बिहीबार २१ साउन २०८३ ०१:४४ AM
काठमाण्डु– इरानले हर्मुज जलडमरूमध्यमार्फत जहाज सञ्चालनका लागि ओमानसँग नयाँ समुद्री मार्ग तय गर्ने विषयमा सहमति भएको जनाएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले उक्त सहमति अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन्। यद्यपि उनले सम्झौताका विस्तृत विवरण सार्वजनिक गरेका छैनन्। बाघाईले ओमानसँग भएको सहमतिले मात्र हर्मुज जलडमरूमध्यमा सुरक्षित आवागमनको सुनिश्चितता नगर्ने स्पष्ट पारेको बीबीसीले जनाएको