संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा गृहमन्त्री सुधन गुरुङ र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले मन्त्रालय सम्बन्धित मौखिक प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । यस्तै, नेपाली कांग्रेसकी सांसद कमला पन्तले ‘मनसुनजन्य विपद व्यवस्थापनमा