ठूला बैंकहरू गाउँघरतिर पुग्दैनन्। करोड र अर्बको निक्षेप अनि कर्जामा ध्यान दिन्छन्। बाख्रा पाल्ने, तरकारी खेती गर्ने वा सानोतिनो कुटिर उद्यम गर्नेहरूले ऋण लिन साहु, महाजनबाट चक्रवर्ती ब्याजको भार बोक्नुपर्छ। हो, त्यस्तै नहोस् भनेर लघुवित्त संस्थाको अवधारणा आएको हो। तर तिनै संस्था पनि साहु र सुदखोरको अवतारमा प्रकट भएपछि देशभरका लघुवित्त पीडित आन्दोलित हुनु परेको छ। आन्दोलन पनि तीन वर्षदेखि नै छ। त्यसो त २०८० सालको चैतमै तत्कालीन सरकारले ६ बुँदे सहमति गर्यो। अनि नेपालमा त्यही प्रवृत्तिको पुनरा