वीरेन्द्रनगर : कर्णाली प्रदेश सरकार गठन प्रक्रियामा नेकपा र एमालेबीच भागबन्डा नमिल्दा मन्त्री नियुक्ति अन्योल बनेको छ। केन्द्रको सहमतिअनुसार नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही मुख्यमन्त्री त बने। तर मन्त्री नियुक्ति प्रक्रिया भने अन्यौलमा छ।नेकपा एमालेले चार मन्त्रालयको दाबी गर्दा नेकपाले दुवै दलले तीन–तीनवटा मन्त्रालय लिनुपर्ने अडानमै छ। प्रदेशमा राजनीतिक सहमतिभन्दा बढी भागबन्डाको अंकगणितमा अल्झिएको छ। मुख्यमन्त्रीमा नियुक्त भएका नेकपाका मंगलबहादुर शाहीले शपथ ग्रहण गरेको एक साता