काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रमा अवस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक (८,०४७ मिटर) मा गएको विनाशकारी हिमपहिरोले नेपाली पर्वतारोहण क्षेत्रलाई गहिरो शोकमा डुबाएको छ। उद्धार अभियानमा अन्तिम क्षणसम्म खटिएका वरिष्ठ नेपाली पर्वतारोही मिङमा डेभिड शेर्पाले स्वदेश फर्किनुअघि फेसबुकमार्फत सार्वजनिक गरेको भावुक सन्देशले पर्वतारोहण समुदाय मात्र होइन, हजारौँ नेपालीलाई भावुक बनाएको छ। उद्धार टोलीको नेतृत्व