काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति स्थापनार्थ सञ्चालन हुने युनाइटेड नेशन्स मिसन इन साउथ सुडान (UNMISS) अन्तर्गत नेपाल फर्म्ड पुलिस युनिट (FPU) का रूपमा खटिन जाने १३औँ डफ्फालाई सशस्त्र प्रहरी बल, नेपालले बुधबार बिदाइ गरेको छ। सशस्त्र प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले टोलीलाई सफल कार्यकालको शुभकामना दिँदै शान्ति मिसनमा खटिने प्रत्येक सशस्त्र प्रहरी कर्मचारीले संगठन, राष्ट्र र सम्पूर्ण नेपाली जनताको प्रतिनिधित्व गर्ने भएकाले उच्च व्यावसायिकता र अनुशासनका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए। उनले विश्वमा भू–राजनीतिक प्रतिस्पर्धा, आतंकवाद तथा साइबर सुरक्षाजस्ता चुनौती बढिरहेका बेला शान्ति मिसनमा सहभागी हुने ... The post शान्ति स्थापनार्थ साउथ सुडान जाने १३औं डफ्फाको बिदाइ appeared first on Kalika Khabar.