बाढीले बगाउँदा किसानको ज्यान गयो

  • बुधबार २० साउन २०८३ १०:०१ PM
बर्दिबास : महोत्तरीमा बाढीले बगाउँदा एक किसानको ज्यान गएको छ।खेतमा सिचाइ गर्न खेत पुगेका बर्दिबास नगरपालिका-५ का टंकबदुर बस्नेत गढन्ता खोलाले बगाउँदा ज्यान गएको इलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी गुरु प्रसाद तिमिल्सिनाले जानकारी दिए।बुधबार बिहान ३ बजे खोलाको छेउमा खेतमा पानी लगाउन राखिएको मोटर निकाल्न उनी गएका थिए। अचानक खोलामा आएको बाढीले बगाउँदा बस्नेतको ज्यान गएको हो।बिहानसम्म खेतमा गएका बस्नेत घर नफर्किएपछि परिवारजन खोज्दै जाँदा खेतभन्दा ३ किलोमिटर दक्षिणमा शव फेला परेको थियो।