एलपी ग्यासको अभाव हुन नदिन बारा प्रशासनले जारी गर्यो ९ बुँदे निर्देशन

  • बुधबार २० साउन २०८३ १०:०१ PM
सिमरा : बारामा खाना पकाउने एलपी ग्यासको बिक्री(वितरणलाई सहज र पारदर्शी बनाउन जिल्ला प्रशासन कार्यालयले बुधबार साँझ ९ बुँदे निर्देशनात्मक सूचना जारी गरेको छ। बजारमा ग्यासको कृत्रिम अभाव भएको र व्यापारीले मनपरी गरेको भन्दै उपभोक्ताको गुनासो बढेपछि प्रशासनले सूचना जारी गरेको हो।प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रद्वारा जारी सूचनामा अनावश्यक मौज्दात राखेर कृतिम अभाव सिर्जना नगर्न, सरकारले तोकेको भन्दा बढी मूल्यमा ग्यास विक्री नगर्न, ग्यास वितरण प्रणाली पारदर्शी बनाउन, खाली सिलिन्डर लिएर मात्