सुनसरी : सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा भएको साम्प्रदायिक तनाव र हिंसात्मक घटनापछि जिल्लाभर ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काका अनुसार घटनामा हालसम्म ४० जना घाइते भएका छन् भने ३ जनाको मृत्यु भएको छ।डीएसपी खड्काले दिएको क्षति विवरणअनुसार घाइतेमध्ये १२ जना उपचाररत छन् भने २५ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। घटनाका क्रममा ६९ वटा सवारीसाधनमा क्षति पुगेको प्रहरीले जनाएको छ। तीमध्ये २ पाङ्ग्रे ५२ व