काठमाडौं । कर्णाली प्रदेशसभाको बैठकमा बोल्ने प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा प्रदेश सरकारसहित सङ्घ सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको २५औँ बैठकको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य घनश्याम भण्डारीले मानव र वन्यजन्तुबीच बढ्दो द्वन्द्वका क्रममा दैलेख जिल्लाका विभिन्न स्थानमा बँदेल र बाँदरले मकैबालीमा क्षति पुर्याएकाले किसानका लागि आवश्यक राहतको व्यवस्था गर्न सरकारको