कैलारी गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल सेवा सुरु

  • बुधबार २० साउन २०८३ ०३:३८ PM
काठमाडौं । कैलारी गाउँपालिका–५ बैजपुरमा निर्माण गरिएको १५ शय्याको अस्पतालबाट आजदेखि सेवा सुरु भएको छ । आज एक कार्यक्रमकाबीच अस्पताल सेवाको शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले अस्पताल सञ्चालनमा आएपछि गाउँपालिकाका नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार हुने बताए । उनले यसअघि गाउँपालिका क्षेत्रमा स्तरीय स्वास्थ्य संस्था नहुँदा सामान्य स्वास्थ्य समस्या देखिँदासमेत उपचारका लागि धनगढी जानुपर्ने