नयाँ राजनीतिक ‘प्रयोग’ मात्रै नबनुन् ‘बालेन’

  • बुधबार २० साउन २०८३ ०४:१५ PM
नेपालमा हालै भएको राजनीतिक परिवर्तन इतिहासको पानामा दर्ज हुने घटनाक्रमको रुपमा स्थापित भएको छ । लामो समयदेखि शासन गर्दै आएका परम्परागत राजनीतिक शक्तिप्रतिको असन्तुष्टि, भ्रष्टाचार, बेरोजगारी, राजनीतिक संरक्षणवाद, कमजोर सार्वजनिक सेवा र राज्य संयन्त्रको सुस्तताविरुद्धको जनआक्रोशले अन्ततः नयाँ राजनीतिक शक्तिको उदयलाई सम्भव बनायो । जेनजी आन्दोलनले केवल तत्कालीन सरकार वा राजनीतिक नेतृत्वप्रतिको असन्तुष्टि मात्र व्यक्त