काठमाडौं । उच्च अदालत बार एसोसिएशन पाटनको आगामी कार्यसमिति निर्वाचनका लागि अधिवक्ता नारदमुनि सिग्देलले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ। लामो समयदेखि कानुन व्यवसायमा सक्रिय रहँदै आउनुभएका सिग्देलले आफ्नो उम्मेदवारीसँगै व्यवसायिक हक–हितको संरक्षण, संस्थागत सुदृढीकरण र कानुन व्यवसायीबीच सहकार्य तथा एकताको वातावरण निर्माणलाई प्रमुख प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै अधिवक्ता सिग्देलले आफू सबै कानुन व्यवसायीको साझा उम्मेदवारका रूपमा अघि बढेको बताउनुभयो। उहाँले बारलाई अझ सशक्त, समावेशी र व्यवसायिक संस्थाका रूपमा विकास गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। सिग्देलले भन्नुभयो, “उच्च अदालत बार एसोसिएशन पाटनलाई अझ प्रभावकारी, ... The post उच्च अदालत बार एसोसिएशन पाटनको उपाध्यक्षमा नारदमुनि सिग्देलको उम्मेदवारी appeared first on Kalika Khabar.