सुनकोशी नदीमा हाम फालेर वृद्ध दम्पती बेपत्ता

  • बुधबार २० साउन २०८३ ०९:०१ PM
काभ्रे : काभ्रेको भुम्लु गाउँपालिका-८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हाम फालेपछि एक दम्पती बेपत्ता भएका छन्।बेपत्ता हुनेमा मण्डनदेउपुर नगरपालिका-७ निवासी ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुली रहेका छन्।जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रबिन बिष्टका अनुसार उनीहरू आज साँझ दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेका थिए। तिलकुमारी पराजुली बोन म्यारो क्यान्सरका कारण अपाङ्ग रहेको डीएसपी बिष्टले जानकारी दिए।घटनालगत्तै प्रहरी चौकी