नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

  • बुधबार २० साउन २०८३ ०९:०१ PM
काठमाडौं : जापानको आइची/नागोयामा हुने २०औं एसियाली खेलकुदमा नेपालबाट २२ खेलमा १ सय ३६ खेलाडीले सहभागिता जनाउने भएका छन्। ८० पुरुष र ५६ महिला गरी १ सय ३६ खेलाडी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलले जानकारी दिए। उनका अनुसार प्रतियोगितामा ३२ प्रशिक्षक सहभागी हुनेछन्। नेपालबाट आर्चरीमा १/१ पुरुष/महिला, एथलेटिक्समा ४ पुरुष र २ महिला, ब्याडमिन्टनमा २/२ पुरुष/महिला, बक्सिङमा ४ पुरुष र ३ महिला, क्यानोइ स्लालममा २ पुरुष, पुरुष क्रिकेट १५, साइक्लि