अर्घाखाँचीमा चालक–सहचालकका लागि निःशुल्क स्वास्थ्य परीक्षण सुरु, भाडा दरसूची अनिवार्य राख्न निर्देशन

  • बुधबार २० साउन २०८३ ०२:५२ PM
अर्घाखाँची, साउन २० । जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डमा सञ्चालन हुने सार्वजनिक सवारीका चालक तथा सहचालकका लागि निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरेको छ । शितगंगा नगरपालिकाको सहयोग तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीको व्यवस्थापनमा शितगंगा नगरपालिका–३ ठाडाबाट कार्यक्रम शुभारम्भ गरिएको हो । ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक लिलबहादुर कुँवरका अनुसार ठाडामा तीन