जेनजी अभियन्ताहरूलाई ८ दिनदेखि गैरकानूनी हिरासतमा राखेको आरोप, यथाशीघ्र रिहाइको माग

  • बुधबार २० साउन २०८३ ०७:२९ PM
काठमाडौं। लघुवित्त पीडितको आन्दोलनका क्रममा पक्राउ परेका जेनजी अभियन्ताहरूलाई ८ दिनदेखि गैरकानूनी हिरासतमा राखिएको भन्दै  राष्ट्रिय जेनजी नागरिक अभियानले यथासीघ्र रिहाइको माग गरेको छ। लघुवित्त पीडितको आन्दोलनमा सहभागी जेनजी अभियन्ताहरू आजय सोडारी, प्रकाश बम र सुनिल बिकलाई प्रहरीले १२ साउनमा काठमाडौँको माइतीघरबाट पक्राउ गरेको थियो। त्यसयता प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ। अभियानका संयोजक सुनिल सिंहले प्रहरीले विगत ८ दिनदेखि गैरकानूनी तबरबाट हिरासतमा राखेको आरोप लगाए ।  'हाम्रो साथीहरू गैरकानूनी हिरासतमा हुनुहुन्छ। उहाँहरूमाथि अन्याय भएको छ। यथाशीघ्र रिहाइ नभए हामी आन्दोलित हुन बाध्य हुनेछौँ,' उनले भने। उनीहरूविरूद्ध ‘अभद्र व्यवहारसम्बन्धी’कसूरमा अनुसन्धान भइरहेको जनाइएको छ। तर अभियानका संयोजक सिंह भने गृहमन्त्री सुधन गुरुङले आफूहरूमाथि प्रतिसोध साँधेर पक्राउ गर्ने र झुटो मुद्दा लगाउने गरिरहेको बताए।  'उहाँ देशको गृहमन्त्री हो, गुण्डा हैन। कहिलेसम्म पावरमा रहनुहुन्छ