ट्रान्सफर्मर चोरी हुँदा दुई सय घरमा खानेपानीको हाहाकार

  • बुधबार २० साउन २०८३ ०८:०१ PM
बर्दिबास : महोत्तरीको बर्दिबास नगरपालिका-१३ बिजलपुरास्थित पञ्चधुरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको ट्रान्सफर्मर चोरी भएपछि करिब दुई सय घरधुरी खानेपानी सेवाबाट वञ्चित भएका छन्।मंगलबार राति आएको चोरको समूहले पोलमा जडान गरिएको ट्रान्सफर्मर तल झारी त्यसभित्र रहेको तामा निकालेर लगेको वडाध्यक्ष लक्ष्मण सिंहले जानकारी दिए। ट्रान्सफर्मर नै क्षतिग्रस्त बनाएर तामा चोरी गरिएकाले खानेपानी सञ्चालन पूर्ण रूपमा ठप्प भएको उनले बताए।बुधबार बिहानदेखि धारामा पानी आउन छाडेपछि स्थानीय उपभोक्ता खानेपानीको चरम सम