बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

  • बुधबार २० साउन २०८३ ०१:१६ PM
काठमाडौं । धनुषा जनकनन्दिनी गाउँपालिका–२ का रिजवान शेषलाई मङ्गलबार पक्राउ गरिएको छ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बेलायत पठाइदिन्छु भन्दै सात लाख ठगी गरेको अभियोगमा शेषलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जानकारी दिएको छ । पीडितको उजुरीका आधारमा काठमाडौँ महानगरपालिका–३१ बाट पक्राउ गरिएको हो । निजलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार