काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले सरकार क्याप्टेनविहीन बनेको टिप्पणी गरेका छन् । काठमाडौंमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले विद्रोहको जनादेशतिर नगएर अर्कोतिर फर्किंदा सरकार क्याप्टेनविहीन बनेको बताए । “सरकारकै पनि हालत हामी कस्तो देख्दै छौँ भने क्याप्टेनविहीन जस्तो देखिएको छ । सरकारको क्याप्टेन नै छैन कि क्या हो ? सरकार कसले चलाएको छ भन्ने जनतालाई अन्यौल पर्न थालेको छ,” उनले भने, “यसको केन्द्र कहाँ छ कसले चलाइरहेको छ भन्ने जस्तो गम्भीर विषय देशको स्थितिमा देखिँदै छ ।” नेपालमा सैद्धान्तिक वैचारिक ढंगले प्रशिक्षित भएका दलहरू भत्किएको अवस्थामा राजनीति अराजकता र ... The post सरकार क्याप्टेनविहीन बनेको छ : विप्लव appeared first on Kalika Khabar.