काठमाडौं । बजाज ग्लोबलले पल्सर मोटरसाइकलको २५ वर्षे यात्रा पूरा भएको अवसरमा #MyPulsarStory नामक विश्वव्यापी अभियान सुरु गरेको छ । अभियानमार्फत विश्वभरका पल्सर राइडर, कन्टेन्ट क्रिएटर, राइडिङ क्लब तथा लामो समयदेखि पल्सर प्रयोग गर्दै आएका ग्राहकहरूलाई आफ्ना वास्तविक र प्रेरणादायी अनुभव साझा गर्न आह्वान गरिएको छ । नेपाल पनि यस अभियानमा सहभागी भएको छ ।