प्रतिनिधिसभालाई प्रभावकारी बनाउन कार्यव्यवस्था परामर्श समितिमा छलफल

  • बुधबार २० साउन २०८३ १२:४१ PM
काठमाडौं । प्रतिनिधिसभाको क्यालेण्डर र आगामी बैठकहरूलाई थप प्रभावकारी बनाउने विषयमा सभामुख डोलप्रसाद (डिपी) अर्यालले आज डाक्नुभएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल भएको छ । प्रतिनिधिसभाको आगामी संसद् क्यालेन्डर, संसद् बैठकलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने विषय तथा संसदीय कार्य प्रणालीलाई थप सुदृढ बनाउने उपायबारे परामर्श भएको सभामुखको स्वकीय सचिवालयले जनाएको छ । छलफलमा