काठमाण्डु – वैदेशिक रोजगारीका लागि विभिन्न देशमा आकर्षक तलबसहित पठाइदिने प्रलोभन देखाएर रकम ठगी गर्ने ४ जनालाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पक्राउ गरेको छ । कार्यालयका अनुसार बेरोजगार युवायुवतीलाई मौरिसस, कम्बोडिया, रोमानिया र संयुक्त अरब इमिरेट्स (यूएई) पठाइदिने भन्दै लाखौं रुपैयाँ असुलेर विदेश नपठाई सम्पर्कविहीन बनेको उजुरीका आधारमा अनुसन्धान गर्दा ४ जनालाई पक्राउ