पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन

  • बुधबार २० साउन २०८३ ०१:१२ PM
गण्डकी । मर्दी हिमाल पदयात्राबाट फर्कने क्रममा कास्कीको पोखरा महानगरपालिका–१४ का अजित जिसी, युकेश गुरुङ र दीपेश गुरुङ सम्पर्क विहीन भएका छन् । माछापुच्छ्रे गाउँपालिका–९ बादलडाँडा नजिकको जङ्गलमा बाटो बिराएर अलपत्र परेको हुन सक्ने आशङ्का गरी प्रहरीले खोजी कार्य तीव्र पारेको जनाएको छ । युवकहरूको मोबाइल बन्द रहेको माछापुच्छ्रे–६ भेँडाबारीस्थित अस्थायी प्रहरी पोष्टका प्रहरी हवल्दार