तथ्याङ्क नियमावली संशोधन स्वीकृत, सूक्ष्म तथ्याङ्कको शुल्क घटाइयो

  • बुधबार २० साउन २०८३ १२:११ PM
सरकारले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले उक्त नियमावली स्वीकृत गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअनुसार सूक्ष्म कोरा तथ्याङ्क तथा गणना क्षेत्र नक्सा उपलब्ध गराउँदा लाग्ने शुल्कमा संशोधन गरिएको छ । यसअघि गणना शीर्षकमा नेपालस्थित विद्यालय/कलेज/विश्वविद्यालयका विद्यार्थीका लागि लाग्ने शुल्क चार हजार रहेकामा दुई हजार कायम गरिएको छ