‘झिँगेदाउ २’ को मर्मस्पर्शी टिजर सार्वजनिक, परिवारभित्रको सम्बन्ध र द्वन्द्वको कथा

  • बुधबार २० साउन २०८३ ०१:०७ PM
ज्ञानेन्द्र देउजा निर्देशित कथानक फिल्म ‘झिँगेदाउ २’को मर्मस्पर्शी टिजर सार्वजनिक गरिएको छ । फिल्म निर्माण पक्षले बुधबार डिजिटल प्लेटफर्म ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गर्दै पत्रकार सम्मेलनमार्फत फिल्मबारे जानकारीसमेत दिएको छ । टिजरले फिल्मको कथावस्तु, पात्रहरूको चरित्र र मुख्य द्वन्द्वलाई संक्षिप्त रूपमा प्रस्तुत गरेको छ । सुखी देखिएको एउटा परिवारमा दुई बुहारीबीच रुखको अंशवण्डाको