एजेन्सी । आगामी अगस्ट १२ मा स्पेनबाट देखिने खग्रास सूर्यग्रहणलाई वैज्ञानिकहरूले सूर्यको चुम्बकीय क्षेत्र, बाह्य वायुमण्डल र सौर्य आँधीको रहस्य बुझ्ने दुर्लभ अवसरका रूपमा उपयोग गर्ने तयारी गरेका छन् । चन्द्रमाले केही समयका लागि सूर्यलाई पूर्ण रूपमा ढाक्ने भएकाले सामान्य अवस्थामा देख्न कठिन हुने सूर्यको बाहिरी तहको प्रत्यक्ष अध्ययन गर्न सहज हुने वैज्ञानिकहरूको विश्वास छ