काठमाडौं । लामो समयदेखि बन्द रहेको काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय ११५ दिनपछि आजदेखि औपचारिक रूपमा खुलेको छ । समाज कल्याण परिषद्ले भृकुटीमण्डपस्थित पुस्तकालयमा लगाएको ताला आज खोलिएसँगै पुस्तकालय सञ्चालनको बाटो प्रशस्त भएको हो । पुस्तकालयको करिब ३ करोड रुपैयाँ भाडा बक्यौता रहेको जनाउँदै परिषद्ले यसअघि तालाबन्दी गरेको थियो । यद्यपि, बक्यौता बाँकी नै रहेको अवस्थामा