पथलैयामा बेवारिसे अवस्थामा भेटियो बलेरो जिप

  • बुधबार २० साउन २०८३ ०५:०१ PM
सिमरा: बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१, पथलैयास्थित धर्मेश्वर मन्दिर अगाडि बेवारिसे अवस्थामा एउटा बलेरो गाडी फेला परेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार साउन १९ गते सोमबार साँझदेखि बा १४ च ८९२५ नम्बरको उक्त गाडी बेवारिसे अवस्थामा रहेको हो।दुई दिनदेखि मन्दिर अगाडि गाडी एकै ठाउँमा देखेपछि जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १ का वडा सदस्य राकेश सुब्बाले प्रहरीलाई जानकारी गराएका थिए । जनप्रतिनिधिको जानकारीपछि पुगेको पथलैया प्रहरी चौकीको टोलीले गाडी नियन्त्रणमा लिएको छ भने सवारीधनीक