वैदेशिक रोजगारमा जाने श्रमिकले निश्चित शुल्क तिर्नैपर्छः अध्यक्ष खत्री

  • बुधबार २० साउन २०८३ १०:२८ AM
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्रीले वैदेशिक रोजगारमा जाने श्रमिकले अनिवार्य रूपमा निश्चित शुल्क तिर्नुपर्ने बताएका छन् । बुधवार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा भएको छलफलमा उनले वैदेशिक रोजगारमा जाने श्रमिकले कानुनअनुसार केही निश्चित शुल्क आफैँले तिर्नुपर्ने व्यवस्था रहेको बताएका हुन् ।