एजेन्सी । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले स्वदेश फर्कने आफ्नो प्रतिबद्धता दोहोर्याउँदै निर्वासनमा रहे पनि देशको राजनीतिमा आफू सक्रिय रहने सङ्केत दिएका छन् । विश्लेषकहरूले उनको पछिल्लो अभिव्यक्तिलाई अवामी लिगका समर्थकलाई एकजुट राख्ने, दलको राजनीतिक प्रभाव कायम गर्ने र राष्ट्रिय राजनीतिमा आफ्नो सान्दर्भिकता जोगाइराख्ने प्रयासका रूपमा व्याख्या गरेका छन् । भारतमा निर्वासनमा रहेकी ७८ वर्षीया हसिनाले