लगानी बोर्डको सीईओमा नियुक्त याङ्‌की उक्याब : सन्दुक रुइतकी नातेदार, पूर्वमहावाणिज्यदूतकी छोरी

  • बुधबार २० साउन २०८३ ०४:०० PM
काठमाडौँ। सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्त गरेको छ।  बुधबार बसेको मन्त्रिपरिषद्‌ बैठकले उक्याबलाई बोर्डको कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको हो। उक्याब विकास अर्थशास्त्री हुन्। झट्ट सुन्दा उनको नाम विदेशी जस्तो लागे पनि उनी नेपाली नागरिक हुन्। उनको पुर्ख्यौली थलो ताप्लेजुङको ओलाङचुङगोला हो।  तर याङ्‌की भने काठमाडौँमै जन्मिएकी हुन्। उनका बुवा जोन्देन उक्याब ल्हासाका पूर्वमहा वाणिज्यदूत नियुक्त भएका थिए भने पञ्चायतकालमै अञ्चलाधीश समेत भएका थिए । उक्याब सन्दुक रुइतकी नातेदार हुन्। स्रोतका अनुसार सन्दुककी आमा उक्याबकी फूपु हुन्।  यसअघि लगानी बोर्डमै परामर्शदाताको रूपमा काम गरिरहेकी उक्याबलाई सरकारलाई बोर्डको सीईओ बनाएको हो। उनले सार्वजनिक नीति, दिगो विकास, जलवायु, आर्थिक विकास तथा लगानीका विषयको विशेषज्ञका रूपमा काम गर्दै आएकी छन्।  उक्याबले अमेरिकाको मिजोरी विश्वविद्यालयबाट विकास अर्थशास्त्र र बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेकी छन्।  उक्याबले संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रमको प्यासिफिक कार्यालय (फिजी) मा सिनियर पोलिसी एडभाइजरको रूपमा काम गरेको अनुभव छ । त्यसअघि उनी युएनडीपी नेपालमा विकास अर्थशास्त्री थिइन् ।  अर्थमन्त्री डा