काठमाडौं। चिनियाँ अटोमोबाइल निर्माता बीवाईडी (BYD) ले आफ्नो प्रिमियम लक्जरी ब्रान्ड याङवाङ (Yangwang) अन्तर्गत नयाँ फ्ल्यागसिप एसयूभी याङवाङ यू८एल स्नोक्रेस्ट एडिसन (Yangwang U8L Snowcrest Edition) सार्वजनिक गरेको छ। चार सिट क्षमताको यो सुपर लक्जरी एसयूभीलाई कम्पनीले हालसम्मकै सबैभन्दा प्रिमियम र विलासी मोडलका रूपमा प्रस्तुत गरेको हो। अन्तर्राष्ट्रिय अटोमोटिभ सञ्चारमाध्यमका अनुसार यस रेन्ज–एक्सटेन्डेड एसयूभीको मूल्य १.८ मिलियन चिनियाँ युआन (करिब २ लाख ६६ हजार अमेरिकी डलर) तोकिएको छ। नेपाली रुपैयाँमा यसको मूल्य करिब साढे ३ करोड रुपैयाँ बराबर पर्न आउँछ। नयाँ यू८एल स्नोक्रेस्ट एडिसन आकर्षक सिल्भर र गोल्ड रङको संयोजनमा तयार गरिएको छ। ... The post बीवाईडीको सबैभन्दा विलासी एसयूभी ‘याङवाङ यू८एल स्नोक्रेस्ट एडिसन’ सार्वजनिक, मूल्य साढे ३ करोड रुपैयाँ हाराहारी appeared first on Kalika Khabar.