काठमाडौं । नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज घटनाको छानविनका लागि उच्चस्तरीय न्यायीक आयोग गठन गर्न माग गरेको छ । बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले उक्त घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गर्न सरकारले वनाएको समिति सरकारका कमजोरी लुकाउने समितिमा सिमित हुने संशय विद्यमान रहेकाले स्वतन्त्र, निष्पक्ष, र विश्वसनीय उच्चस्तरीय न्यायीक आयोग गठनको माग गरेको हो । सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज घटनामा सरकारी संयमता र जवाफदेहिताको अभाव देखिएको कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए । सरकार सुशासन, पारदर्शिता र जवाफदेहितामा पूर्ण रूपमा असफल भएको भन्दै उनले सरकारका कमजोरीले सरकार प्रति जनविश्वास निरन्तर खस्किएको ... The post कप्तानगञ्ज घटनाको छानविनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न काँग्रेसको माग appeared first on Kalika Khabar.