दुबईको औद्योगिक क्षेत्रमा २० मिनेटमै सात विस्फोट

  • बुधबार २० साउन २०८३ १०:१४ AM
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईस्थित जेबेल अली औद्योगिक क्षेत्रमा बुधबार राति श्रृंखलाबद्ध विस्फोट भएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा रातिको आकाशमा बाक्लो कालो धुँवा फैलिएको देखिने एनडीटीभले जनाएको छ । इमिराती अधिकारीहरूलाई उद्धृत गर्दै इरानको मेहर समाचार एजेन्सीले करिब २० मिनेटको अन्तरालमा कम्तीमा सातवटा विस्फोट भएको जनाएको छ । रिपोर्टअनुसार घटनास्थलको भिडियो खिचेको आरोपमा दुईजनालाई पक्राउ गरिएको छ । यसबीच केही इराकी सञ्चारमाध्यमहरूले जारी अमेरिका–इरान द्वन्द्वका क्रममा यमनबाट संयुक्त अरब इमिरेट्सतर्फ क्षेप्यास्त्र प्रहार गरिएको दाबी गरेका छन् । तर, इमिराती अधिकारी वा स्थानीय सञ्चारमाध्यमले भने विस्फोटको कारणबारे कुनै आधिकारिक ... The post दुबईको औद्योगिक क्षेत्रमा २० मिनेटमै सात विस्फोट appeared first on Kalika Khabar.