काठमाडौं : समाज कल्याण परिषद्ले काठमाडौंको भृकुटीमण्डपमा रहेका काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको ताला खोलेको छ । बक्यौता नबुझाएपछि तालाबन्दी गरेको ११४ औं दिनमा परिषद् आफैले उक्त पुस्तकालयको ताला खोलेको हो । ताला खोले पनि पाठनपाठनका लागि सोमबारदेखि मात्रै खुला हुने परिषद्ले जनाएको छ ।पुस्कालयको ताला खोल्न चौतर्फी दवाव आएपछि परिषद्का पदाधिकारीहरुले बुधबार ताला खोलेका हुन् । तर साँचो परिषद्ले आफै राख्ने जनाएपछि पाठकहरुले विरोध जनाएका थिए । उनीहरुले पुस्तकालयको साँचो सञ्चालक समिति वा पाठकह