काठमाण्डु – नेपाली कांग्रेसले नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गत थप ६ वटा उपसमिति गठन गर्दै संयोजकको जिम्मेवारी तोकेको छ । पार्टीका उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको प्रतिष्ठानको छैटौं बैठकले अन्तर्राष्ट्रिय सम्बन्धदेखि स्थानीय तहको सुशासनसम्मका विभिन्न विषयमा केन्द्रित उपसमिति गठन गर्ने निर्णय गरेको हो । निर्णयअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध, समन्वय एवं सामयिक दृष्टि उपसमितिको