काठमाडौं । निष्क्रिय कर्जामा उल्लेख्य सुधार गर्दै नबिल बैंकले आर्थिक वर्ष २०८२–०८३ मा ३३.५० प्रतिशतले खुद नाफा बढाएको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार कर्जा गुणस्तरमा सुधार, सञ्चालन मुनाफा वृद्धि तथा ब्याज आम्दानी बढेसँगै अधिकांश वित्तीय सूचक सकारात्मक देखिएका हो । बैंकको खुद नाफा बढेर ७ अर्ब ९० करोड रुपैयाँ पुगेको छ ।