बागमती । पतञ्जली योग समिति, मकवानपुरले दुई दशकको अन्तरालमा एक हजार ५०० योग शिक्षक तयार गरेको छ । योगका माध्यमबाट स्वास्थ्य प्रवर्धन, चरित्र निर्माण र आरोग्यतासँगै राष्ट्र निर्माणमा योगदान गर्ने उद्देश्यले योग शिक्षक तयार पारिएको पतञ्जली योग समितिका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिए । पतञ्जली योग समितिको स्थापना २०६४ साल साउन ४ गते भएको हो